सोलुखुम्बु : फेरि एक हप्तालाई थपियो निषेधाज्ञा

सोलुखुम्बु।हिमाली जिल्ला सोलुखुम्बुमा एक हप्ताका लागि निषेधाज्ञा थप भएको छ।

पछिल्लो पटक जेठ २६ गते थपिएको ५ दिने समयसीमा सकिनै लाग्दा जिल्लाभित्रका स्थानीय तहका प्रमुखहरु समेतको भर्चुअल बैठकबाट निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोरोना भाईरसको दोस्रो संक्रमण बढे यता जिल्लामा पहिलो पटक गत बैशाख २६ गतेबाट निषेधाज्ञा लागु गरिएको थियो।त्यसयता तेस्रो पटक निषेधाज्ञा थप भएको हो।यसअघि जेठ१९ र २६ निषेधाज्ञा थप गरिएको थियो।

