गठबन्धनलाई केन्द्रदेखि जिल्लातहसम्म फ़ैलाउने पांच दलको निर्णय

काठमाडौँ।प्रधानमन्त्री केपी ओलीबिरुद्दको पांचदलीय गठबन्धनले कोभिडको प्रतिकूल समयमा पनि मुलुकको अहिलेको संकटपूर्ण राजनीतिक परिस्थिति र असंवैधाकि एवं प्रतिगामी कदमका विरुद्ध जनताका बीचमा उपयुक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीबार विपक्षी नेपाली काँग्रेससभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको देउवासहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले विपक्षी गठबन्धन संविधान तथा लोकन्त्रको रक्षा र विदेशी हस्तक्षपबाट मुुलुकलाई बचाउनका लागि हालको पाँच पार्टीको मोर्चा र सहकार्यलाई अझै सुदृढ बनाएर जाने निष्कर्ष समेत निकालेको छ।
आफूहरुको सहयर्कालाई कमजोर पार्ने खाल विभिन्न प्रकारका षड्यन्त्र भइरहेका र त्यसप्रति सचेत हुँदै अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ।
सर्वोच्च अदालतलले संविधानसम्मत ढंगले नै संसद पुनर्स्थापना र वैकल्पिक सरकारको निर्माण गर्ने गरी फैसला गर्ने कुरामा आशावादी भएको र सर्वोच्च कुनै पनि प्रकारको दबाब, धम्की र सेटिङका आधारमा आफू प्रभावित हुने छैन भन्नेमा आशावादी यो बैठकको निचोड छ।
केन्द्रीय स्तरमा अतिरिक्त प्रदेश र जिल्लामा आफ्नो मोर्चालाई बलियो बनाउने, दुई नम्बरको प्रदेश सरकार निर्माण प्रक्रियालाई समर्थन गर्ने र सबै ठाउँमा सम्भव भएसम्म यसैगरी गठबन्धनका आधारमा अघि बढ्ने बैठकको निष्कर्ष छ।
बैठकमा देउवाले ओलीविरुद्धको आन्दोलनबाट आफू पछि नहट्ने र उनको सबै तिकड्मलाई परास्त गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।
त्यस्तै,एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालले संसद विघटनविरुद्ध र वैकल्पिक सरकारका पक्षमा सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्धको गठबन्धन पक्षसक्षम पुनः प्रतिवद्धता जनाएका छन्।

