गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त



काठमाडौं।प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संवत् पदमुक्त भएका छन्।

बिहीवार प्रदेशसभा सभामुख नेत्रनाथ अधिकारीले कूल ५७ सदस्यले मतदान गरेकोमा पक्षमा २७ र विपक्षमा ३० मत खसेको घोषणा गरे । कूल ६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।

स्वतन्त्र सांसद दिपक मनाङे बैठकमा उपस्थित भएनन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा बैठकमा उपस्थित भए पनि तटस्थ बस्दै मतदानमा सहभागी भएनन् ।

प्रदेश सभामा ठूलो दलको हैसियतले अल्पमतमै मुख्यमन्त्री नियुक्त भएका गुरुङले विश्वासको मत नपाएसंगैअब नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख कार्यालयबाट प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्