संघीय मन्त्री परिषद २५ सदस्यीय, थप ७ मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक जना राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार खगराज अधिकारी, गणेश पहाडी, नारद मुनि राना, राजकिशोर यादव, मोहन बानियाँ, नैनकला थापा र ज्वालाकुमारी साहलाई मन्त्री र आशाकुमारी विकलाई राज्यमन्त्री नियुक्त गरेका थिए।

अधिकारीलाई गृह, पहाडीलाई संघीय मामिला तथा सामान्य प्रशासन, रानालाई वन तथा वातावरण, यादवलाई उद्याोग वाणिज्य तथा आपूर्ती, थापालाई सञ्चार तथा सूचना प्रविधि र साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। बानियाँलाई भने बिनाविभागीय मन्त्री बनाइएको छ। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको छ भने विकलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यससँगै ओलीको मन्त्रिमण्डल २५ सदस्यीय पुगेको छ। संविधान अनुसार संघीय मन्त्रिपरिषद् २५ जना भन्दा बढीको बनाउन पाइँदैन।

प्रतिक्रिया दिनुहोस्