कांग्रेस सरकारमा सहभागी, तीन मन्त्रीले लिए सपथ



जनकपुर। प्रदेश २ सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले बुधबार राती सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई मधेश भवन परिसरमा उनीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका थिए।

राउतले कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंहलाई महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन्।

अब योसँगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलको संख्या १२ पुगेको छ। कांग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ। सबै पदपुर्ति भएको खण्डमा मन्त्रिमण्डलको संख्या २१ पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्