मुख्यमन्त्री भट्टलाई विश्वासको मत



धनगढी, २५जेठ । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्ष: नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री भट्टलाई नेकपा माओवादी केन्द्रका १२ (सभामुखबाहेक) र नेकपा एमालेका १८ सांसदले विश्वासको मत प्रदान गरेका हुन् । प्रदेशसभामा १२ सदस्य रहेको काँग्रेस तटस्थ रह्यो । २ सांसद रहेको जसपाले भने विश्वासको प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्