माओवादी केन्द्र सोलुखुम्बुद्वारा केन्द्र र प्रदेश कमिटीका लागि सदस्य सिफारिस [ नामावली सहित ]

सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुको सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटी र प्रदेश कमिटीका लागि सदस्यहरुको सिफारिस गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष गोम्बु शेर्पा ‘कर्ज्याङ’ को अध्यक्षता र जिल्ला कमिटी इन्चार्ज तथा केन्द्रीय कमिटी सदस्य हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्यमा सम्पन्न भर्चुअल बैठकले जिल्लाका ६ जना नेतालाई केन्द्रीय कमिटी र १५ जनालाई प्रदेश कमिटी सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले गोम्बु शेर्पा ‘कर्ज्याङ’, करुणा बस्नेत, ङिमातेण्डुप शेर्पा, रीमा कुलुङ राई, पासाङ शेर्पा ‘कर्मा’ र आङदावा शेर्पालाई केन्द्रीय कमिटीका लागि र हिमाल गिरी, ङिमा तेण्डुप शेर्पा, दिलबहादुर नेपाली ‘घनश्याम’, महेन्द्र राई ‘महेश’, अनिल कुमार राई, बिकेन्द्र कुलुङ किराती ‘संकल्प’, सुनिता किराती, प्रल्हाद राई ‘प्रज्वल’, भक्त बहादुर राउत ‘बिनोद’, शंकर बस्नेत, असिम राई, राम संघर्ष किराँती, केशर बहादुर राई, गौरब राई र मेनुका पुरी (गिरी) ‘झरना’ लाई प्रदेश कमिटीका लागि सिफारिस गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।
पार्टी कार्यालय सचिब गणेशकुमार राईका अनुसार बैठकले जिल्ला कमिटीका पदाधिकारी हेरफेर गर्ने निर्णय पनि गरेको छ।बैठकले अध्यक्षमा बर्तमान अध्यक्ष शेर्पालाई नै निरन्तरता दिने गरी उपाध्यक्षमा प्रदेश कमिटी सदस्य रहेका ठमनाथ पराजुली, सचिबमा असिम राई, सहसचिवमा गौरब राई र कोषाध्यक्षमा मेनुका पुरी (गिरी)लाई जिम्मेवारी दिन प्रदेश कार्यालयलाई सिफारिस गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य शिव बहादुर बस्नेत ‘राजेन्द्र’लाई भने १ नं. प्रदेशको पार्टीको सचिव पदमा मनोनय गर्न सिफारिस गर्ने निर्णय भएको जिल्ला पार्टी कार्यालय सचिब ‘वसन्त’ले जानकारी दिए ।

