उपप्रधानमन्त्री महतोको अभिव्यक्ति प्रति नेकपा मालेको आपत्ति



काठमाडौं।उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालको संविधानको धारा–३ विपरित तथा समस्त नेपाली जनताको भावनालाई समेत चोट पुर्‍याउँदै “नेपाललाई बहु–राष्ट्रिय राज्य” बनाउने अभिब्यक्तिका साथ नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा ठाडो हमला गरेको नेकपा मालेले निष्कर्ष निकालेको छ।

महासचिव सीपी मैनालीको अध्यक्षतामा हालै सम्पन्न चौधौं (भर्चुअल) बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि सोमबार जारी प्रेस–विज्ञप्तिमा उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ,’हालै ओली सरकारका उपप्रधानमन्त्री बनेका नेकपा (माले) निज मन्त्रीको त्यस्तो अभिब्यक्ति र त्यस पछि रहेको उनको नियतको घोर विरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्