उच्च माध्यमिक तहको शिक्षक दरबन्दी तथा अनुदानको विवरण १५ दिन भित्र पठाउनु पर्ने



काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लाअन्तर्गतका स्थानीय तहमा उच्च माध्यमिक कक्षा सञ्चालित विद्यालयलाई प्रदान गरिएको शिक्षक दरबन्दी तथा अनुदानको विवरण यकिन गरी १५ दिनभित्र पठाउन निर्देशन दिएको छ।

आईतवार सबै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै केन्द्रले सो निर्देशन दिएको हो।अनुदान दरबन्दी यकिन गर्न र त्यसलाई व्यवस्थित गर्नका कक्षा ११ र १२ को अनुदान तथा स्वीकृत दरबन्दीको विवरण माग गरिएको केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्