प्रधानमन्त्री ओलीको राष्ट्रवाद लम्पसारबादमा परिणत भएको पूर्ब सांसद राईको आरोप



सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमकुमार राई ‘सूरबीर’ ले प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ब्यक्तिगत तजबिजीका आधारमा मुलुक सन्चालन गरिरहेको आरोप लगाएका छन्।

संबिधान र कानुनको धज्जी उडाएर अध्यादेश वा आदेशबाट मुलुक सन्चालन गर्ने ओलीको महत्वकांक्षाले कहिले पनि देश र जनताको हित नहुने दावी गर्दै निबर्तमान प्रतिनिधिसभा सदस्य राईले आईतवार सामाजिक संजाल फेसबुकमा लेखेका छन्- ‘खडग प्रसाद ओली सत्तामा रन्हुन्जेल उनले यस्तै देश र जनतालाइ नोक्सान पुर्‍याउने उपद्रो गरिरहने छन् । कथित राष्ट्रबाद लम्पसारबादमा पतन हुंदै गएको कुरा देशभक्त स्वाभिमानि नेपालीहरुले बुझिरहेकै छन। यसको उचित फैसला बेला आएपछि हुने नै छ ।

उनले लेखेका छन,-देशको सबिधान र कानुन त नमान्ने खडग प्रसाद ओलिले पार्टीको बिधान किन मान्ने? जनसरोकारको बिषयमा किन ध्यान्स दिने? देश अध्यादेशबाट चलाउन कि आफ्नै आदेशबाट चलाउन ? नेपालको नदीनाला बेचुन कि ढुङ्गा गिटि बालुवा बेचुन ? बिदेशी एजेन्टलाई मन्त्री बनाउन कि ? देश टुक्राउन खोज्नेलाइ मन्त्री बनाउन यो केबल ओलिको तजबिजि को कुरो भो ।

प्रतिक्रिया दिनुहोस्