पुनर्गठन भयो संबैधानिक इजलास [को-को परे]



कठमाडौं।सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ ।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ ।

यसअघि गठित संबैधानिक इजलासमा संलग्न न्यायधीशका बारेमा वकिलहरुले असहमति जनाएपछि सर्वोच्च बार र प्रधानन्यायधीशबीच बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो ।

आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्