प्रकाश सपूत र मेलिना राईको स्वरमा प्रभु बैंकका सिइओ शेरचनको गीत ‘प्रार्थना’ सार्बजनिक



प्रभु बैंक प्रमुख अशोक शेरचनको शब्दमा कोराना महामारीबारे बनेको नयाँ गीतको भिडिओ सार्वजनिक भएको छ। ‘प्रार्थना’ बोलको यस गीतमा प्रकाश सपूत र मेलिना राईले स्वर दिएका छन्। गीत प्रकाश सपूतको संगीत र योगेश काजीको संगीत संयोजनमा तयार भएको हो।

कोरोनाबाट ज्यान गु्माएका र मारमा परेकाहरु समर्पित यो गीतले महामारीको दु:ख बोलेको छ। लकडाउनकै समयमा खिचिएको गीतको भिडिओ प्रवेश पौडेलले निर्देशन गरेका हुन्।

गीतमा महामारीसम्बन्धी तथ्य र दृश्यहरुलाई फुटेजका रुपमा प्रयोग गरिएको छ। गीतमा महामारीको मारमा पर्नेहरुप्रति समवेदना र समानुभूतिका भाव पोखिएको छ।

हिजो शुक्रबार सार्वजनिक गीतको भिडिओ गायक प्रकाश सपूतको युट्युब च्यानलबाट सार्वजनिक भएको हो। भिडिओमा गायक प्रकाश र गायिका मेलिनालगायत कलाकारहरुको अभिनय देख्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्