मन्त्रिपरिषद पुर्नगठन : यस्तो छ, बिश्वप्रकाश शर्मा र घनश्याम भुसालको प्रतिक्रिया



काठमाडौं। नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले समस्याको जड प्रधानमन्त्री केपी शर्मा ओलीमै भएको भन्दै मन्त्री पाल्नु र फाल्नु दुवै समस्याको समाधान नभएको प्रतिक्रिया दिएका छन।

मन्त्रिपरिषद पुर्नगठन पछि एक ट्वीट गर्दै प्रबक्ता शर्माले सर्वोच्च अदालतको फैसलासम्मलाई दुइ चार दिनको घाम छायाँको संज्ञा दिंदै सो प्रतिक्रिया व्यक्त गरेका हुन।

उता एमालेको झलनाथ खनाल-माधव नेपाल समूहका नेता घनश्याम भुसालले केपी ओलीले छानेका मन्त्रीहरु बदलिएको राजनीतिक कोर्षको परिणति भएको भुसालले बताए । उनले भने, ‘मैले यो हेरफेरलाई सामन्त गोयल नेपाल आएपछि बदलिएको राजनीतिक कोर्षको कार्यान्न्वयनका रुपमा हेरेको छु ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरिनुलाई उनले सामन्त गोयलको अनुकुल हुने गरी गरिएको हेरफेरका रुपमा चित्रित गर्ने प्रयास गरेको एक अनलाइनले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्