पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने एमाले स्थायी समितिको निर्णय

काठमाडौं।नेकपा एमालेले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो।

पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टी कारबाही गर्दै अन्य १२ नेताहरुलाइ स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षका दोस्रो तहका नेताहरुबीच सोमबार साँझ भएको वार्तामा एकताका लागि थप पहल गर्ने समझदारी बनेपछि १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।
यस्तै, बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप–निर्वाचको बिषयमा पनि समीक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।

