प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मका लागि स्थगित

काठमाडौं, १८ जेठ । संवैधानिक इजलासबाट न्यायाधीशहरु दीपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् उनीहरुले आफूहरु इजलासमा नबस्ने निर्णय गरेको जनाएका हुन् । इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठ्दापनि उनीहरुले इजलासमा बस्ने बस्ने निर्णय गरेपछि न्यायाधीशहरु कार्की र भट्टराईले इजलास छोड्ने निर्णय गरेका हुन् ।

मंगलबारको इजलासमा आफूहरूको निर्णय सुनाउँदै न्यायाधीश कार्कीले अरू दुई न्यायाधीशको कार्यक्षमतामाथि आफूहरूको कुनै शंका नरहेको भए पनि प्रश्न उठेपछि इजलासमा सँगै बस्न नसकिने बताएका हुन् । संवैधानिक इजलासबाट न्यायाधीशहरु कार्की र भट्टराई बाहिरिएपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
यसअघि असर्वोच्च अदालतको फुल कोर्ट बैठकले स्वीकृत गरेर न्याय परिषद्बाट पारित गर्ने गरी प्रधानन्यायाधीश र सर्वोच्च बारका पदाधिकारीबीच सहमति भएको थियो।बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए।
शाक्यले भने, ‘अब मर्यादाक्रमअनुसार नै संवैधानिक इजलास गठन गर्ने र त्यहाँ रहेका न्यायाधीश कारणबस सहभागी हुन नसक्ने स्थिति भएमा जानकारी दिएर त्यसपछिका न्यायाधीश इजलासमा रहने सहमति भएको छ।’

