ओलीले स्वेच्छाचारी ढंगले राज्यसंयन्त्रको दुरुपयोग गरिरहेको बिपक्षी गठबन्धनको आरोप



काठमाडौँ।नेपाली कांग्रेस सहितको पांचदलीय विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी ढंगले राज्यसंयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाएको छ।

आइतबार बिहान प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकपछि जारी विज्ञप्तिमा सो आरोप लगाईएको हो।
मुलुकमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि किसिमको कामकारवाही नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

सरकारबाट भइरहेका अलोकतान्त्रिक र संबिधान बिपरितका गतिविधि र काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रह गर्दै गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरमा विकल्प प्रधामन्त्रीका रुपमा आफूहरुले दाबी गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालिन असर पर्ने कुनै पनि किसिमको कामकारवाही गर्न पनि ओलीलाई चेतावनी दिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,पूर्ब एमाले नेता माधव नेपाल,जसपा अध्यक्ष उपेन्द्र यादव, र जनमोर्चाकि दुर्गा पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको देशमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा आफूहरु विश्वस्त भएको उनीहरुले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्