सरकारी कर्मचारीको तलब २००० र प्रहरीको रासनभत्तामा १५ प्रतिशतले वृद्धि

काठमाडौं।सरकारले सरकारी कर्मचारीको तलव २ हजार रुपैयाँले वृद्धि गरेको छ। अर्थमन्त्रीले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय–व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव ।दुई हजार रुपैयाँले वृद्धि गरेको जानकारी दिए। त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाई आएको रासनमा भत्तामा १५ प्रतिशत वृद्धि गरिएको छ ।

त्यसैगरि,नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि थप हातहतियारको व्यवस्था गर्न बजेट विनियोजन गरिएको छ ।
सीमामा सशस्त्र प्रहरीको १२० बोर्डर आउट पोष्ट पनि निर्माण गरिने भएको छ ।

