प्रतिनिधिसभा विघटन सम्बन्धि रिटमा बहस गर्नेलाई १० मिनेटको समयसीमा

काठमाडौं।शुक्रबार(आज) देखि संवैधानिक इजलासमा शुरु भएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस आइतबारका लागि सरेको छ ।

रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको इजलास समयसीमा तोकेर सुनुवाइ शुरु गरेका थिए ।
प्रतिनिधि सभा विघटन बिरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ ।
शुक्रबार नै गठन भएको पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।
प्रतिनिधिसभा विघनटसम्बन्धी मुद्दामा बहस गर्नेहरूका लागि टाइमकार्ड लागू गरिएको छ।
३० जना निवेदक भएकाले टाइमकार्ड लगाउनुपर्ने अवस्था आएको प्रधानन्यायाधीश राणाले बताएका छन् । वरिष्ठ अधिवक्ताका लागि भने समय तोकिएको छैन ।

