रबिको कोभिड अस्पताललाई आर्थिक सहयोग
लाक्पा ग्याल्जेन शेर्पा
सोलुखुम्बु ।सर्बोच्च शिखरप सगरमाथा आरोही ईन्टरनेशनल माउन्टेन गाइड खुम्बु पासाङल्हामू गाउँ पालिका- १ बुप्साका स्वर्गीय दमाई सेर्की शेर्पाको परिवारले काठमाडौंको जनमैत्री अस्पताललाई आर्थिक सहयोग गरेको छ।

पत्रकार रबि लामिछानेको नेतृत्वमा कोरोना संक्रमितहरुको नि:शुल्क उपचार गर्ने बताउंदै आएको सो अस्पताललाई शेर्पाकि श्रीमती फुरा याङ्जी शेर्पाले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन। उनले यसअघि इन्द्रेणीका सन्चालक कृष्ण कंडेललाई पनि आर्थिक सहयोग गरेकी थिइन ।
आरोही शेर्पाको २०७५ साल जेष्ठ ५ गते सगरमाथाको सफल आरोहण पछि फर्कने क्रममा क्याम्प २ मा दुर्घटना भइ नाम्चे कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । श्रीमती शेर्पाले स्वर्गीय पतिको स्मृतिमा आफुले विभिन्न संस्थाहरुलाई सहयोग गर्दै आएको बताईन।

