कोरोना रोकथाम : सोलुदुधकुण्ड नगरपालिका भित्रियो ७५ अक्सिजन सिलिन्डर, २ एम्बुलेन्स तयारी अवस्थामा



सोलुखुम्बु।कोरोना संक्रमणको नयाँ भेरियन्टको लहर फैलिइरहेका बेला जिल्लाबासीहरुको सहजताका लागि सोलुदुधकुण्ड नगरपालिकाले ७५ वटा अक्सिजन सिलिण्डर भित्र्याएको छ।

जिल्लामा कोही पनि कोरोना सङ्क्रमित अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने अभिप्राय ले नगरपालिकाले आफैंले खरिद गरेर १५ वटा र बाँकी विभिन्न जलविद्युत आयोजनाबाट संकलन गभएका सिलिन्डर विराटनगरबाट अक्सिजन भरेर जिल्ला ल्याईएको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए।

फाप्लु स्थित क्वारेन्टीन स्थलमा राखिएका ती अक्सिजन सिलिन्डर नगरपालिका भित्रका संक्रमितहरूलाई मात्र नभएर अन्य पालिकाका सङ्क्रमितलाई पनि आवश्यक परेको खण्डमा उपलब्ध गराइने शेर्पाको भनाइ छ।शेर्पाले खाली अक्सिजन सिलिन्डर उपलब्ध गराउने र त्यसका लागि सहयोग गर्ने विभिन्न ब्यक्ति र संस्थाहरुलाई धन्यबाद पनि प्रकट गरेका छन्।

यसका अतिरिक्त ७ वटा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नुका साथै २ वटा एम्बुलेन्सलाई विरामीको सेवाको लागि तयारी अवस्थामा राखिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्