दुई मुक्तक



रेहित सैंजु

१.
आत्मविश्वास

अठोटहरू योजनाबद्ध पारित गरेको छु
डर त्रासलाई सजिलै पराजित गरेको छु
असल मान्छे बन्नु छ, भीडबाट छानिएर
आफूभित्र आत्मविश्वास स्थापित गरेको छु

२.
तिमीलाई पत्र
सक्छौ, बाँच्ने आधार हिम्मत जुटाइदिनु
सक्दैनौ, धर्तीबाटै साँस वास उठाइदिनु
तिमी अरु कसैको भएको हेर्न म सक्दिनँ
प्रिय, कि मेरा यी दुवै आँखा फुटाइदिनु।

प्रतिक्रिया दिनुहोस्