गीतकार सुबाश जम्मरकटेलको गीत ‘विश्व सारा’ युट्युब मार्फत सार्वजनिक (भिडियो सहित )



काठमाडौं।कोरोना महामारीले घर भित्रै थुनिएर रहेका बेला सबैलाई उत्प्रेरणा जगाउने खालको सन्देशमूलक गीत ‘विश्व सारा’ सार्वजनिक भएको छ ।

गीतकार सुबाश जमरकट्टेलको शब्द रचनाको सो गीत MP 2 N Creation युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । वरिष्ठ संगितकार विकाश चौधरीले संगित भरेको ‘बिश्व सारा’ मा द भ्वाईस अफ नेपाल सिजन-२ का उपविजेता चर्चित तथा लोकप्रिय गायक विकाश लिम्बुको स्वर रहेको छ । शुसिल विक्रम शाहले रेकर्डिङ तथा मिक्सिङ गरेको सो गीतको भिडियो सम्पादन दयाराम घिमिरेले गरेका छन् ।

आजको समाजमा देखिएका, सुनिएका र भोगिएका यथार्थलाई गीतका शब्दमा टपक्कै टिपिएको सो गीतमा गीतकार जमरकट्टेलले थोरै शब्दबाट मानव जीवन र जगतकै यथार्थलाई छर्लङ्ग उतारेका छन् ।

गीतको भिडियो पनि हालको कोरोना भइरसको डर त्रास र भयलाई देखाउदै त्यसबाट हतास र निरास नभई सहयोग र सेवाको बाटोमा जुट्न अनुरोध गरिएको प्रेरणादायी छ । यो लकडाउन कै बीचमा लेखिएको गीत, बन्दाबन्दिकै बीचमा मिरा साउण्ड रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।सम सामयिक भिडियो फुटेजहरु जोडेर बनाईएको गीतको भिडियो पनि निकै भावुक र सन्देशात्मक छ ।

प्रतिक्रिया दिनुहोस्