सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी नागरिकको मृत्यु



काठमाडौं, ३० बैशाख । सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। सेभेन समिट ट्रेकका अनुसार स्वीस र अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको हो।

स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने अमेरिकी नागरिक पूवई लिउको चौथो क्याम्पमा मृत्यु भएको छ।

सन् २०२१ को वसन्त ऋतुको आरोहण केही दिन अघि मात्रै खुला गरिएको हो। बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन्। यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय भन्दा धेरैले अनुमति पाएका छन्।

प्रतिक्रिया दिनुहोस्