रेम्डेसिभिर औषधिका लागि यी स्थान र नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डेसिभिर औषधिका लागि आधिकारिक आयातकर्तालाई सम्पर्क गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै कोभिड १९ को उपचार गर्ने कक्रममा अस्पतालहरूबाट चिकित्सहरूले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आयातकर्ता आयन हेल्थकेयरलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।

उक्त औषधिका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको प्रमाणपत्र सहित आयात हेल्थकेयर, कुपण्डोल, यूएनपार्कमा सम्पर्क गर्न सकिनेछ ।
मन्त्रालयका सूचनाअनुसार रेम्डेसिभिर प्रति भाएल ४ हजार ९०० रुपैयाँका दरले डा. अबुल अन्सारी –९८००५५९१०, सुवास – ९८१०१९४४१६, बिमल – ९८४१५०६३७० र कमल – ९८५११२४६९ नम्बरमा सम्पर्क गरी खरिद गर्न सकिनेछ ।

