जसपा : आफुहरु तटस्थ रहने ठाकुरको भनाई, यादव पक्षले बिपक्षमा मतदान गर्ने



काठमाडौँ ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन ।’
मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो ।

उता सोही पार्टीका नेता उपेन्द्र यादवले पनि सम्बोधनका क्रममा बिश्वासको मतको बिपक्षमा मतदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्