खुम्बु पासाङल्हामू गाउँपालिकालाई शिक्षक महासंघले बुझायो ३४ बुंदे मागसहितको ध्यानाकर्षणपत्र

सोलुखुम्बु । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिद्वारा घोषित पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकामा शुक्रबार स्थानीयस्तरमा ३४ सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाईएको छ।

नेपाल शिक्षक महासङ्घ सोलुखुम्बु जिल्ला कार्य समिति सदस्य खगिन्द्रराज बास्तोलाको नेतृत्वमा गएको टोलीले गाउँपालिका शिक्षा शाखा प्रमुख रचना मैनालीसमक्ष बिरोध पत्र सहितको ध्यानाकर्षण पत्र बुझाएको हो। मागपत्र बुझ्दै पालिका शिक्षा शाखा प्रमुख मैनालीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मानव स्रोत विकास केन्द्रमा सो को जानकारी पठाइदिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय स्तरमा आफूले गर्न सकिने शिक्षकका पेशागत समस्या समाधानमा सधैं सहकार्यता गर्दै हातेमालो गर्न तयार रहेको धारणा व्यक्त गरेको बांस्तोलाले जानकारी दिए।
नेपाल शिक्षक महासङ्घको पहिलो चरणको आन्दोलनका क्रममा नेपालका ७५३ वटै स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो। नेपाल शिक्षक राष्ट्रिय समितिले वैशाख २० देखि ३० गतेसम्मका पहिलो चरणका कार्यक्रम घोषणा गरी चरणगत कार्यक्रम गर्दै आएको छ ।

