राष्ट्रियसभा सदस्यको निर्बाचनका लागि तीन जनाको उम्मेदवारी



काठमाडौं, २४ वैशाख । जेठ ६ गते हुन लागेको वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा र डा. खिमलाल देवकोटाले मनोनयन दर्ता गराएका छन्।

कांग्रेस, माओवादी तथा माधव नेपाल पक्षका वर्तमान तथा निवर्तमान सांसदहरुसहित हेटौंडामा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर देवकोटाले सवा ११ बजे मनोनयन दर्ता गराएका हुन्।

देवकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल रहेका छन् भने नेपाली कांग्रेस वागमती प्रदेशका प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी छन्।

उता निर्बाचनका लागि नेमकिपाका तर्फबाट पनि उम्मेदवारी दर्ता गरिएको छ। गृहमन्त्री थापा र डा.देवकोटासंगको प्रतिस्पर्धाका लागि कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्