राष्ट्रपति भण्डारी र एमाले नेता नेपालबीच तीन घण्टा बार्तालाप



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएका नेता नेपालले राष्ट्रपतिसँग झण्डै तीन घण्टा भेटवार्ता गर्नुभएको हो ।

बदलिँदो राजनीतिक घटनाक्रमबीच नेता नेपाल राष्ट्रपति भण्डारीसँग भेट्न शीतल निवास जानुभएको हो । यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भेटवार्ता भएको थियो ।

जेठ ६ गतेका लागि निर्धारित राष्ट्रिय सभा निर्वाचनका लागि बन्ने समीकरण र वैशाख २७ गते प्रधानमन्त्रीले संसदमा लिन लागेको विश्वासको मतको सन्दर्भलगायतका विषयहरुमा नेता नेपाल र राष्ट्रपति भण्डारीबीच कुराकानी भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्