प्रतिनिधिसभाका चार सांसद र संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना संक्रमण



काठमाडौँ । प्रतिनिधिसभाका चार सांसद र संघीय संसद् सचिवालयका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बैशाख २७ गते हुने संसद्को विशेष अधिवेशनका लागि बुधबार गरिएको ६०९ जनाको स्व़ाब परीक्षणमा चार सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संसद सचिवालयका अनुसार सभामुख र उनको सचिवालयका सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्