लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको उपनिर्बाचन जेठ १७ गते हुने



काठमाडौ। निर्वाचन आयोगले लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित चन्द्रबहादुर खड्काको स्थानमा जेठ १७ गते उप निर्वाचन गर्ने मिति तोकेको छ।

उपनिर्वाचन सम्पन्न गर्नका लागि आयोगले वुधवार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। जेठ १७ गते मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय निर्धारण गरिएको छ।

उक्त क्षेत्रको निर्वाचनका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले दृगनारायाण पाण्डेलाई उम्मेदवारको रुपमा अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्