यहि गर्मी महिनामा बिहे गर्ने न्युजिल्यान्डकि प्रधानमन्त्रीको घोषणा



एजेन्सी
न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले यही गर्मी महिनामा विवाह गर्ने योजना सार्वजनिक गरेकी छन् तर मिति घोषणा गरेकी छैनन् ।

कोस्ट रेडियोसँग कुरा गर्दै आर्डर्नले प्रेमी क्लार्क गेफोर्डसँग विवाहका लागि बल्ल साइत जुरेको बताइन् भनी न्युजील्यान्ड हेराल्डले खबर दिएको छ ।

आर्डर्न र गेफोर्डले सन् २०१९ को ईस्टर होलिडेमा कुरा छिनोफानो गरेका थिए । अहिले उनीहरूकी दुई वर्षीया छोरी छन् ।

न्युजील्यान्डमा गर्मी डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म हुने गर्छ । परम्परागत तरिकाले विवाह नगर्ने र पार्टी दिनका लागि आफू अलि बूढी भएकी उनको भनाइ छ ।

सन् २०१७ मा प्रधानमन्त्री बनेकी आर्डर्न न्युजील्यान्डको इतिहासमा उक्त पदमा पुग्ने सबभन्दा कान्छी व्यक्ति हुन् । प्रधानमन्त्री छँदा गर्भवती हुने उनी दुर्लभ व्यक्ति पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्