अरबिन्द केजरीवालको घोषणाः दुई महिनासम्म निशुल्क राशन



एजेन्सी । भारतमा नयाँ दिल्लीमा कोरोनाका कारण त्रासको अवस्था रहेको छ । दैनिक २४ हजारभन्दा बढी संक्रमित थपिदै आइरहेका छन् । कोरोना संक्रमणका कारण मृत्युदर पनि उत्तिकै बढिरहेको छ ।

यसैबीच दिल्लकिा मुख्यमन्त्री अरबिन्द केजरीवालले राहत प्याकेजको घोषणा गरेका छन् । उनले दुई महिनासम्मको राशन निशुल्क दिइने बताएका छन् । दिल्लीमा ७२ लाख राशनकार्डधारी रहेका छन् ।

ती सबैलाई निःशुल्क राशन व्यवस्था उपलब्ध दिइने उनले बताएका हुन् ।

त्यस्तै दिल्लीमा जति पनि रहेका छन् ट्याक्सी चालक, अटोरिक्सा चालकलाई पाँच हजार आर्थिक मदत दिने उनले घोषणा गरेका छन् ।

उनले दुई महिनाको निशुल्क राशन दिइनुको अर्थ दुई महिनासम्म लकडाउन हुन्छ भन्ने नभएको समेत प्रष्ट पारेका छन् । उनले यो समस्याबाट बाहिर आउन सरकार लागि परेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्