कांग्रेस नेता कार्कीलाई कोरोना संक्रमण



सोलुखुम्बु । नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य समेत रहेका वरिष्ठ उद्धमी प्रकाशसिं कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

ज्वरो,रुघाखोकी र जीउ दुखाइ बढेपछि स्वाव परीक्षण गर्दा नेता कार्कीलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको नेपाल विद्यार्थी संघका नेता दिनराज बास्तोलाले जानकारी दिए।कार्की अहिले भक्तपुरको लोकन्थलिस्थित आफ्नै घरमा आईसोलेशनमा रहेर उपचार गराईरहेका छन् ।

कार्कीले पनि सामाजिक सन्जाल फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेका छन। मंगलबार फेसबुकमा स्टाटस लेख्दै कार्कीले भनेका छन्,- ‘लाग्थ्यो आफू धेरै सुरक्षित छु तर त्यसो भनेर कहाँ भयो र ? घरमा हुदाहुदै कोरोना भाइरस (covid -19) बाट सङ्क्रमित भएछु ।ज्वरो,रुघाखोकी र जीउ दुखाइ बढेपछि स्वाब दिएं l रिपोर्ट आयो-पोजेटिभ।

अहिले घरमानै आइसोलेसनमा छु l केही दिन यता म सग प्रत्यक्ष भेटघाट हुनुहुने वा नजिक हुनुहुने सम्पुर्णलाई आवश्यकता अनुसार सुरक्षीत भएर रहन हार्दिक अनुरोध गर्दछु । मनोबल उच्च बनाएर कोरोना भाइरस सग जुधिरहेको छु ।

सबैलाइ सजक र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु । जयनेपाल !’

प्रतिक्रिया दिनुहोस्