बन्यजन्तुको चोरी-सिकारी रोक्न सोलु प्रहरी सक्रिय



सोलुखुम्बु ।संरक्षित बन्यजन्तुको चोरी सिकारी गर्ने उपर सोलुखुम्बु प्रहरीले निगरानी बढाएको छ । प्रहरीले थप सकृयता बढाएसँगै त्यस्ता कार्यमा संलग्न गर्ने ब्यक्ति पक्राउ पर्ने क्रम बढेको हो ।

सोलुखुम्बु प्रहरीले करिब एक महिनाको अवधीमा चोरी सिकारीमा संलग्न ४ जनालाई पक्राउ गरिसकेको छ । गत चैत्रमा दुर्लभ बन्यजन्तु रेडपाण्डाको ७ वटा छाला सहित ३ जनालाई महाकुलुङ क्षेत्रबाट पक्राउ गरेको प्रहरीले बैशाख १८ गते सोताङको पावैबाट तीन थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका स्थानिय ३४ बर्षिय दिल बहादुर भनिने गंगा बहादुर गिरीलाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । उनको साथबाट बरामद गरिएको सामाग्रीहरुमा भरुवा बन्दुक ३ थान, बन्दुकमा प्रयोग हुने बारुद ८ सय ग्राम र फलामको टुक्रा एक केजी रहेका छन् ।

त्यसैगरी टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर एक थान, सलाई ७ वटा, ब्लेट ५ वटा, केप एक थान, मोबाईल ४ थान र विजुलीको तार १० मिटर रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

प्रहरीका अनुसार पावै स्थित सामुदायिक बनमा गत शनिबार साँझ ७ बजेको समयमा बन्दुक पड्किएको आवाज सुनिएकाले प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले सो क्षेत्रलाई घेरा हालेका थिए ।

घेरा हालेको क्षेत्रबाट भाग्दै गरेको अवस्थामा गिरीलाई पक्रमउ गरिएको हो भने घटनामा संलग्न अन्य ब्याक्तिहरु मोबाईल छोडेर भाग्नले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । सोलु एफएमबाट

प्रतिक्रिया दिनुहोस्