सोलुखुम्बुका चार जनामा कोरोना संक्रमण पुष्टि



सोलुखुम्बु । सोलुखुम्बुका चार जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला अस्पताल फाप्लुमा आज गरिएको एन्टिजेन परीक्षणमा चार जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । संक्रमित मध्ये २ जना महिला र २ जना पुरुष रहेको कार्यालयका कोरोना फोकल पर्सन राम कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन जना काठमाण्डौँबाट र एक जना सोताङबाट आएका नागरिक हुन् । संक्रमितहरुमा १९, २५, ३० र ६२ वर्ष उमेर समुहका छन् ।

सोलु एफएमबाट

प्रतिक्रिया दिनुहोस्