बैशाख २७ गतेका लागि प्रतिनिधि सभा बैठक बस्ने



काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको लिन राष्ट्रपतिले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम ‘प्रधानमन्त्रीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले सोही प्रयोजनका लागि’ सो दिन अपराह्न १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्