कोरोना संक्रमण भएपछि पूर्बप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ । उनको सचिवालयका अनुसार नेता खनाललाई कोरोनाको सामान्य लक्षण देखा परेको हो ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।

