निषेधाज्ञा उलंघन गर्ने तीनजना जेल चलान



रुपन्देही-जिल्लामा निषेधाज्ञा अवज्ञा गर्ने तीन जनालाई जेल चलान गरिएको छ । कैद तथा जरिवाना बापतको जनही नौ हजार एक सय रुपैयाँ तिर्न नसकेपछि तीन जनालाई भैरहवास्थित जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको हो ।

रुपन्देहीमा बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएको छ ।

पक्राउ परेमध्येका पाँच जनाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तोकेको जनही एकमहिना कैद र सो बराबरको जरिवाना जनही नौ हजार एक सय र १ जना महिलालाई जरिवाना बापत ६ सय जरिवाना लिएर छोडिएको प्रहरीले जनाएको छ । अन्य तीन जनाले भने कैद र जरिवानाको रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्