सोताङ : भुमि सम्बन्धि आयोग जिल्ला समितिद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न



सोलुखुम्बु ।भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति साेलुखुम्बुले साेताङ गाउँपालिकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसाेबासीहरुकाे व्यवस्थापनकाे अवधारणात्मक र प्रकियागत पक्षबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति साेलुखुम्बुका अध्यक्ष रामकाजी श्रेष्ठकाे अध्यक्षता एवं साेताङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर राईकाे प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सराेकारवालाहरुसंग अन्तरक्रिया गरिएको आयाेगका विज्ञ सदस्य कुन्जाङ शेर्पाले जानकारी दिए ।

कार्यक्रममा साेताङ गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कार्की बस्नेत, भूमि सम्बन्धि समस्या समाधान आयोग विज्ञ सदस्य कुन्जाङ शेर्पा, सदस्य माेहन कुमारी कार्की, गाउँ पालिकाका प्रशासकीय अधिकृत, ५ वटै वडाका वडा अध्यक्षहरु, वडा सचिवहरु एवं स्थानीय सराेकारवालाहरुकाे उपस्थिति रहेको थियाे।

आयोग जिल्ला समितिले साेलुखुम्बुले यसअघि साेलुखुम्बुका दुई वटा स्थानीय तह नेचासल्यान गाउँपालिका र माप्य दुधकाेशी गाउँपालिकामा यस किसिमको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको बिज्ञ सदस्य शेर्पाले बताए ।शेर्पाका अनुसार भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति साेलुखुम्बुकाे सिफारिसमा भूमि सम्बन्धि समस्या समाधान आयोगले साेलुखुम्बुका तीन स्थानीय तह नेचासल्यान , माप्य दुधकाेशी र साेताङ गाउँपालिकामा भुमिहिन दलित , भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसाेबासीहरुकाे लगत संकलनका लागि ३५ दिने सार्वजनिक सुचना प्रकाशित गरि आवश्यक प्रक्रिया अघि बढाई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्