कोरोना संक्रमणबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकि काकीको निधन



एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगजीवन नरेन्द्र मोदीका पिताका भाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्