महाकुलुङ: सगरमाथा माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन



सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आईतवार महाकुलुङ गाउपालिकास्थित श्री सगरमाथा माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटी गठन गरेको छ।

कृष्ण कुलुङको अध्यक्षतामा गठित ४८ सदस्यीय प्रारम्भिक कमिटीको उपाध्यक्षमा वियोग कुलुङ,सचिबमा नरमान कुलुङ,सह- सचिबमा बिपना कुलुङ, बिनिता कुलुङ,अर्जुन कुलुङ र कोषाअध्यक्षमा सुमित्रा कुलुङ रहेको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य मिलन नाछिरिङले जानकारी दिए।

भेलामा जिल्ला सचिवालय सदस्य नाछिरिङ, मनिष नाछिरिङ्ग र अनेमा संघ जिल्ला सदस्य शुबधनि राई को उपस्तिथि रहेको बताईएको छ।जिल्ला कमिटी सोलुखुम्बुको तेस्रो बैठकले जिल्लाव्यापी रूपमा अनेरास्ववियु प्रारम्भिक कमिटी गठन गर्ने निर्णय अनुरुप प्रारम्भिक कमिटीलाई निरन्तरता दिइएको अनेरास्ववियु जिल्ला सचिवालय सदस्य नाछिरिङले बताए ।

प्रतिक्रिया दिनुहोस्