खुम्बु पासाङल्हामू गाँउपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नौलेख युवा समूह पैयाँ – A प्रथम



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । प्रथम नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको स्मृतिमा प्रथम राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप खुम्बु पासाङल्हामु गाउँपालिका स्तरीय पुरुष भलिबल सम्पन्न भएको छ । ७ टिमको सहभागिता रहेको खुम्बु पासाङल्हामु गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि नौलेख युवा समूह पैयाँ – A टिम खुम्बु पासाङल्हामु- १ ले हात पारेको छ ।

पाङबोचे युवा समूह खुम्बु पासाङल्हामु गाउँपालिका-२ लाई पछि पार्दै नौलेख युवा समूहले प्रथम उपाधि हासिल गर्न सफल भएको हो । पाङबोचे युवा समूह द्वितीय र कुसुम खाङकरु युवा समूह खुम्बु पासाङल्हामु गाउँपालिका-२, मुसेले तृतीय स्थान ओगट्न सफल भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई क्रमशः नगद रु. १ लाख, ५० हजार र २५ हजारकासाथमा ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्