महाकुलुङलाई जिल्लास्तरीय खुला महिला पासाङल्हामू स्मृति कप भलिबल प्रतियोगिताको उपाधी



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सोलुखुम्बु जिल्ला स्तरीय खुला महिला पासाङ ल्हामू स्मृति कप भलिबल प्रतियोगिताको उपाधि महाकुलुङ गाउँपालिकाले हात पार्न सफल भएको छ ।

माप्यदुधकोशी गाउँपालिकास्तरीय महिला समूहलाई पछि पार्दै महाकुलुङ गाउँपालिकास्तरीय महिला समूह प्रथम भएको आयोजकले जनाएको छ । महिला भलिबल प्रतियोगिताको द्वितीय माप्य दुधकोशी र तृतीय स्थान कोङ्दे युवा समूह खुम्बु पासाङल्हामु गाउँपालिका-१, बुप्साले हात पार्न सफल भएको हो ।

महिला तर्फको जिल्ला व्यापी भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल प्रतियोगीहरुलाई पनि क्रमशः नगद रु १ लाख, ५० हजार र २५ हजारकोसाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकको भनाइ छ । राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता समिति खुम्बु पासाङल्हामु गाउँपालिका-२, सुर्केको आयोजनामा संचालित भलिबल प्रतियोगिता वैशाखको ८ देखि ११ गतेसम्म चलेको थियो ।

भलिबल खेल प्रतियोगिता प्रथम सगरमाथा आरोही नेपाली महिला राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाको जन्मस्थल खुम्बु पासाङल्हामु- २ सुर्केको भलिबल खेल मैदानमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्