सीईबीडी हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न स्वीकृति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति दिएको छ । बोर्ड कम्पनीलाई वैशाख १ मा आईपीओ निष्कासन अनुमति दिएको हो ।

२०७४ असार २७ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले बोर्डमा आवेदन दिएको करिब ४ वर्ष पछि निष्कासन अनुमति पाएको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि सनराइज क्यापीटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्