एनएमबि बैंकको नयाँ बर्ष अफरः दराजबाट सामान खरिद गर्दा २०% सम्मको छुट

काठमाडौं । एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ । बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो ।

एनएमबिका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५% वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २०% वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।

