नेचासल्यान : नेकपा एमालेको ४ नं वडास्तरीय भेला तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न



सोलुखुम्बु । नेकपा एमालेले नेचासल्यान गाउँपालिकाको वडा न- ४ मा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टी सुदृढीकरण अभियान अन्तर्गत आईतवार सम्पन्न भेलाले शुभबहादुरको अध्यक्षतामा नेकपा एमाले ४ नं वडा कमिटीको गठन गरेको गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए।२५ सदस्यीय वडा कमिटीको सचिबमा सोमप्रसाद बास्तोला सर्वसम्मत भएका छन।सोहि भेलामा वडा पार्टी कार्यालय उद्घाटन गरिएको पनि उनले बताए।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य एबम गाउंपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा जिल्ला कमिटी सदस्यहरु रामकाजी राई, मोहन कुमारी भट्टराई ,शुक्र किराँती,देबकी थुलुङ लगायत नेताहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्