चार मन्त्रीले लिए पद तथा गोपनियताको सपथ



काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नवनियक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन् ।

उनीहरु यसअघि तिनै मन्त्रालालयको जिम्मेवारीमा थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

उनीहरु चार जना नेकपा(माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएको घोषणा गरिएको थियो ।

सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरुलाई पुनः नियुक्त गरिएको हो । सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्