शिक्षक संगठन महाकुलुङमा एकबहादुर
खगिन्द्रराज बास्तोला
सोलुखुम्बु । नेपाल राष्ट्रिय शिक्षक संगठन महाकुलुङ गाउँपालिका कमिटीको दाेस्राे अधिवेशनवाट एक बहादुर राई सर्बसम्मत रूपमा अध्यक्ष चयन भएका छन।
संगठनको हालै सम्पन्न अधिबेशनले राइको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुका सचिब टंक दाहालले जानकारी दिए।दाहालका अनुसार समितिमा महिला उपाध्यक्ष्य सिता देवि राई, उपाध्यक्ष बलराम राई,सचिव छलक राम राई,कोषाध्यक्ष मनिला राई, सह-सचिव अस्मिता राई ,सह कोषाध्यक्ष,सुजिता राई छन्।
यस्तै खुला सदस्यमा खड्ग बहादुर बस्नेत,मध्य बहादुर राई ,जेवी राई, योग्य राज राई,सुमन कुलुङ, महिला सदस्य गुणा कुमारी कट्टेल
पुष्प कला राई र प्रदेश प्रतिनिधि मोती राम बस्नेत ,हरी कुमार राई, मिनाक्षी कुलुङ रहेको उनले बताए।