गायक आदित्य नारायण दम्पतिलाई कोरोना संक्रमण



एजेन्सी । चर्चित प्लेब्याक सिंगर तथा इण्डियन आइडलका एंकर आदित्य नारायणलाई कोरोना संक्रमण भएको छ । उनीसँगै उनकी श्रीमती तथा अभिनेत्री श्वेता अग्रवाललाई पनि कोरोना संक्रमण भएको हो ।

आदित्यले यसको जानकारी सामाजिक सञ्जाल मार्फत् दिएका छन् । उनले एक फोटो शेयर गर्दै लेखेका छन्, ‘हेलो साथीहरु, दुर्भाग्यवश म र मेरो श्रीमती श्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ र अहिले क्वारेन्टाइनमा छौँ ।’

प्रतिक्रिया दिनुहोस्