रुरु जलविद्युतको आइपीओ आजबाट



काठमाडौं । रुरु जलविद्युतले आज (चैत २० गते) बाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ ।

कम्पनीले २० रुपैयाँ प्रिमियमसहित १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयरमा सर्वसाधारणले चैत २४ गतेसम्म आवेदन दिन पाउने छन् ।

यदि सो मितिसम्ममा पर्याप्त आवेदन नपरे वैशाख ३ गतेसम्मका लागि आवेदन मिति थप हुनेछ ।

कम्पनीले निष्काशन गर्ने शेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र ५ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता शेयर अन्य सर्वसाधारणले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्